सुनसरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । १२ वर्ष अगाडि झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
सुनसरीको झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई बिहीबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताए ।
हतियारसहित पक्राउ परेका इनरुवा निवासी यादवलाई प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यलबाट सार्वजनिक गरेको हो ।
फरार रहेका विनायक हतियारसहित उक्त स्थानमा रहेको भन्ने सूचनाको आधारमा प्रहरीले घेरा हाली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाले बताए ।
हतिहारसहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए । २०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्या गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
पक्राउ परेका विनायकको साथबाट सिक्सर रिभोल्भर पेस्तोल एकथान र १२ थान गोली बरामद गरिएको प्रवक्ता तिमल्सिनाले बताए । उनले पक्राउ परेका विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाइ पुनः कारागार चलान गरिने बताए ।