नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत

नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनोज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय माइक्रो बस र बस ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार