यू-१९ महिला विश्वकप एसिया छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेको नेपालले सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार खेल खेलिसकेको नेपालले तीन जित र एक हारको सामना गरेको छ। यसअघि नेपालले पहिलो भेटमा कुवेतलाई १०८ रनले हराएको थियो ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको हो । शनिबार भएको तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो । नेपालले प्रतियोगिताको अन्तिम खेल भोली यूएईसँग खेल्नेछ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार