आज पनि घट्यो सुनको मूल्य, दुई सातामा आठ हजार आठ सयले गिरावट

नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

दुई सातामा सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँ घटेको छ । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार