पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

एक विवाह समारोहबाट फर्कंदै गरेको २५ यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ ।

उद्धारका लागि घटनास्थलमा खटिएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए । अहिलेसम्म १४ जनाको शव निकालिएको छ । १० जना अझै हराइरहेका छन् ।”

गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार