सिआइबीले लियो धनराज गुरूङसँग ५ घण्टा बयान

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ ।आज (मंगलबार) सीआईबीले गुरुङलाई कार्यालयमा बोलाएर बयान लिएको हो ।

सिआइबीले बुधबार गुरूङसँग पाँच घन्टा बयान लिएको हो । ‘आज मध्याह्न १२ बजेदेखि अपराह्न ५ बजेसम्म उहाँ (धनराज गुरूङ) सँग बयान लियौं,’ सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने, ‘उहाँसँग बयान सकियो ।’

गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन् । धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन् ।

ज्योतिले उक्त सहकारीबाट १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । उक्त कार्यमा धनराजको पनि संलग्न रहेको भनेर आलोचना भइरहेको छ । सोही विषयमा गुरुङलाई सीआईबीले बोलाएर कागजी बयान गराएको हो ।

ज्योति हाल फरार छिन् । उनीविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार