यी हुन् रास्वपाले टुंग्याएका उम्मेदवार (सूचीसहित)

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ। प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार चयन गरिएको रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए।

रास्वपाले बुधबार अबेर सार्वजनिक गरेको विवरण अनुसार अधिकांश ठाउँमा उम्मेदवार टुंग्याउने प्रक्रियामा रहेको उल्लेख गरिएको छ। 

रास्वपाले पालिका प्रमुख/अध्यक्षमा दैलेखको माहाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजता फडेरा, जाजरकोटको नलगाड नरपालिका उप्रमुखमा पार्वती पुनलाई मात्रै उम्मेदवार टुंग्याएको छ।

मंसिर १६ गते विभिन्न ४४ पदमा उपचुनाव हुँदै छ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ।

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।

काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि उप चुनाव हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार