पाकिस्तानमा वायु प्रदूषणका कारण १५ हजार बिरामी भएका छन् । वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
पाकिस्तानी समाचार संस्था डनका अनुसार विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल भर्ना भएका हुन् ।
पछिल्लो २४ घन्टामा पाकिस्तानको वायु प्रदूषणको तह १९०० पुगेको छ । नासाको मोडरेट रेजोल्यून इमेजिङ्ग स्पेक्टर रेडियोमिटरले उत्तरी पाकिस्तानमा सबैभन्दा धेरै प्रदूषण देखिएको तस्बिर सार्वजनिक गरेको छ ।
मुलुकमा देखिएको प्रदूषणलाई ध्यानमा राखी पाकिस्तान सरकारले निर्माण कार्य, उत्खनन् लगायतका कार्य बन्द गरेको छ भने ३ महिनाका लागि वैवाहिक कार्यक्रम पनि नगर्न आग्रह गरेको छ ।