महालक्ष्मी विकास बैंक र एनसीएचएल सम्झौता, अलिपे प्लस नेटर्वकअन्तर्गत अन्तरदेशीय क्यूआर भुक्तानी

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानी माध्यमबाट नेपालमा भुक्तानी सेवा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा यस्तो समझदारी गर्नेमा महालक्ष्मी पहिलो विकास बैंक बनेको छ । सम्झौतापछि चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटालीजस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यम प्रयोग गरी बैंकले उपलब्ध गराएका क्यूआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् ।

यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुग्नुका साथै राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस ९एनसीएचएल० बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। हाल बैंकले १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार