बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरुद्ध भ्रष्टाचार दायर भएको छ ।
७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत साहले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । आयोगले उनलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।