अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ ।

शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए । उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं । केही बेरदेखि अवरोध भइरहेको छ । अहिले छलफल हुँदैछ,’ अर्यालले भने, ‘अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।’

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घररटहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार