संसद्लाई बलियो बनाउन स्व. ढुंगानाको भूमिका अविष्मरणीय : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसद्लाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

सोमबार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरण पुगेका सभामुख घिमिरेले स्व. ढुंगानाले संसद्लाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्त्वपूर्ण योगदान दिएको बताएका हुन् । 

सभामुख घिमिरेले संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा स्व. ढुंगानालाई आफूले लिएको उल्लेख गरे । प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रूपमा आफूले चिनेको बताए । 

“प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने एउटा व्यक्ति स्वं दमननाथ ढुंगाना हुन् । उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद् सञ्चालन र संसद्को भूमिकाबारे सिक्नुपर्ने एउटा अभिभावकको रूपमा सम्झिन्छु । उहाँ अरुलाई दुःख नहोस् भन्ने चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने व्यक्तित्व पनि हुन् । उहाँको मूल्य, मान्यता भनेको संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा हुनुहुन्थ्यो,” सभामुख घिमिरेले भने । 

स्व. ढुंगानालाई संसद् सञ्चालन र संसद्को भूमिकाबारे सिक्नुपर्ने एउटा अगुवाको रूपमा आफूले सम्झिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार