सुनको मूल्य आज (मंगलबार) तोलामै एक हजार एक सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६१ हजार रुपैयाँ थियो ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । हिजो एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।