विदेश पढ्न जानेले तीन महिनामा ३२ अर्ब लग्दा घुम्न जानेले खर्च गरे ५५ अर्ब रुपैयाँ

गत ३ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ३२ अर्ब १८ करोड रुपैयाँ लगेका छन् ।

यो अवधिमा नेपाल पढ्न आउनेले ७२ करोड भित्र्याएका छन् । त्यस्तै, उपचारको लागि ९ करोड ४७ लाख बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रूपैयाँ बाहिरिएको छ ।

व्यवसाय उद्देश्यले हुने भ्रमण लगायतमा भने २२ अर्ब ५१ करोड रूपैयाँ बाहिरिएको छ । यसरी यस्ता वैदेशिक यात्राको क्रममा नेपालबाट ५५ अर्ब रूपैयाँ बाहिरिँदा १७ अर्ब मात्रै भित्रिएको छ ।

यो तीन महिनामा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोले पर्याप्त विदेशी मुद्राको सञ्चिति छ ।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भएको छ । ३ महिनामा तथ्यांक हेर्दा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा छ । अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो ।

सम्बन्धित समाचार