भारतका हार्दिक पाण्ड्या आईसीसी टी-२० क्रिकेटको वरीयतामा विश्वकै नम्बर एक अलराउन्डर बनेका छन्। आईसीसी टी-२० अलराउन्डर क्रिकेटरको सूचीमा पाण्ड्याको २४४ अंक पुगेको उनी दुई अंकको अग्रता लिएर पहिलो स्थान कायम गरेका हुन्।
यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित आईसीसी टी-२० अलराउन्डरको सूचीमा दोस्रो स्थानमा छन्।
अनि इङ्ल्यान्डका लियाम लिभिङ्स्टन २३० अंकसहित तेस्रो स्थानमा छन्।
अस्ट्रेलियाका ट्राभिस हेड टी-२० मा ब्याट्सम्यानको वरीयतामा पहिलो स्थानमा छन्। ब्याट्सम्यानको वरीयतामा इंग्ल्यान्डका फिलिप साल्ट दोस्रो र दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा लगातार दुई शतक प्रहार गर्ने भारतका तिलक बर्मा तेस्रो स्थानमा छन्।
बलरको वरीयतामा भने इंग्ल्यान्डका आदिल राशिद पहिलो नम्बरमा छन्।