धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा बहुमतका कार्यकर्ताले सर्वसाधारणसँग मिटर ब्याजमा रकम असुलेको भन्दै एक व्यवसायीको नाक काटिदिएका छन् ।
आज बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाक चक्कुले काटिदिएका हुन् । घाइते बस्नेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका प्रहरीले जनाएको छ ।
व्यवासयी बस्नेतको नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार छन् । उनीहरूको खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।
नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई मोसो दलेका थिए ।