डिजिटल वालेट आईएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आईएमई पेमार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
सुविधामार्फत प्रयोगकर्ताहरुले आईएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय बचाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१को निम्ति भुक्तानी आईएमई पे एपमार्फत गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिको लागि आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु. १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ ।
‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ ’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौँ ।’