सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शन गरेको छ ।
विभिन्न स्थानबाट सुरू भएको जुलुस अहिले दरबारमार्गमा सभामा परिणत भइरहेको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता छन् । एमालेको प्रदर्शन र सभाका कारण ट्राफिक अस्तव्यस्त भएको छ ।
शान्ति सुरक्षा र सबै खालका अराजकता र सुशासन समेत कायम गर्ने राज्यको जिम्मेवारी बोकेको दल नै सडक प्रदर्शनमा उत्रिन लागेको भन्दै केहीले आलोचना गरिरहेका बेला एमालेले भने अलोकतान्त्रिक शक्तिहरू संगठित हुन नदिनका लागि समेत सभा प्रदर्शन गर्ने निर्णय भएको एमालेले बताएको छ ।