भारतीय राज्य छत्तीसगढको माओवादी प्रभावित सुक्मा जिल्लामा भएको भिडन्तमा प्रहरीले १० संदिग्ध माओवादी मारिएको दाबी गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुठभेड अझै जारी छ । प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताउँदै घटनास्थलबाट ठूलो परिमाणमा हतियार बरामद गरिएको जनाएको छ ।
छत्तीसगढमा यो वर्ष जनवरीदेखि अहिलेसम्म विभिन्न भिडन्तका घटनामा दुई सयभन्दा बढी संदिग्ध माओवादी मारिएको प्रहरीले दाबी गरेको छ ।