प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आफ्ना कानुनी व्यवसायीमार्फत सर्वोच्चमा आज रिट दर्ता गराएका हुन् ।
प्रसाईंले दायर गरेको रिट दर्ता भइसकेको अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए । उनले रिटको पेशी आइतबारलाई तोकिएको बताए ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।