प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म कांग्रेस र एमालेको अहिलेको वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”
तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए ।