काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एउटा होटेलमा आइतबार युवायुवती मृत अवस्थामा भेटिएका छन् । होटेल जन्मभूमिको एकै कोठामा उनीहरूका दुई शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरू उक्त होटेलको चौथो तलास्थित कोठा नम्बर १२० भाडामा लिएर बसेका थिए ।
आइतबार बिहान करिब साढे ७ बजे प्रहरीले उक्त सूचना पाएको थियो । झुन्डिएर मृत्यु भएको अवस्थामा उनीहरूका शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।