क्यानडाबाट हिजोमात्रै फर्किएका थिए सिनामंगलमा मृत भेटिएका दम्पती

काठमाडौँको सिनामंगलमा होटलमा मृत भेटिएका एक दम्पती शनिबार (हिजो) मात्रै विदेशबाट फर्किएको खुलेको छ । आइतबार सिनामंगलको जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीका अनुसार मृत फेला पर्नेमा सुनसरी दुहवीका ३४ वर्षका रमेश माझी र उनकी श्रीमति २९ वर्षकी शर्मिला माझी रहेका छन् । सन् २०२२ मा क्यानडा गएका उनीहरू दुई वर्षपछि हिजो काठमाडौं फर्केका थिए ।

उनीहरु हिजो साँझ ७ बजेतिर होटलमा पुगेको खुलेको छ । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरुले आत्महत्या गरेको प्रहरीको आशंका छ ।

आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ ।

काठमाडौंको सिनामंगलस्थित  होटेलमा युवायुवती मृत भेटिए

सम्बन्धित समाचार