उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति 

राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्ने सरकारको प्रस्ताव स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको प्रस्ताव राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका हुन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ साल मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम सम्माननीय प्रधानमन्त्रीको मिति २०८१/८/६ को सिफारिसमा उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहका रिक्त पदमा परिपूर्तिका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

सम्बन्धित समाचार