एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

एन्फामा पछिल्लो समय उपाध्यक्ष पंकज नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीचको विवाद उत्कर्षमा छ । प्रवक्ता राईले पनि त्यही कारण नै राजीनामा दिएको बुझिएको छ ।

प्रशिक्षक अल्मुताइरीले एन्फा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न अवरोध गरेको भन्दै राजीनमा दिने घोषणा गरेका थिए, तर औपचारिक रूपमा पद भने छाडेनन् । यसै प्रकरणमा अल्मुताइरीलाई कारबाही नगरेकोमा राई असन्तुष्ट थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार