भारतीय टिमका विकेटकिपर ब्याटर ऋशव पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिलेसम्मकै महँगो खेलाडी बनेका छन् ।
आइतबार साउदी अरेबियाको जेदाहमा भइरहेको अक्सनमा ऋशवलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा भित्र्याएको हो ।
पन्तले जारी अक्सनबाटै महँगा खेलाडी बनेका श्रेयस ऐयरलाई पछि पारेका हुन् । यसअघि, श्रेयसलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।
पन्त यसअघि दिल्ली क्यापिटल्समा अनुबन्धित थिए । उनले सन् २०१६ देखि २०२४ सम्म दिल्लीबाट खेलेका थिए । आईपीएलको आगामी संस्करण २०२५ को मार्चदेखि मेसम्म हुने तालिका छ ।