त्रिमूर्ति निकेतनले स्रष्टा रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै छन्दकविताको रचना र छन्दकाव्यको प्रचार अभियानमा संलग्न रही त्यस क्षेत्रमा योगदान पुर्याउने स्रष्टा सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा प्रेषित विज्ञप्तिअनुसार प्रसिद्ध नाटककार/साहित्यकार बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्दै नेपाली भाषासाहित्यको सेवामा समर्पित सर्जक प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ र भाषासाहित्यको श्रीवृद्धिमा साधनारत डा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने उल्लेख छ ।
घोषित तीन पुरस्कारकासाथ नगद राशि जनही एक लाख रूपैयाँ प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।