ग्लोबल आईएमई बैंकको २० लाख सहयोगमा कोहलपुरमा विद्युतीय शवदाह गृह बन्ने

ग्लोबल आईएमई बैंकले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुरका कावा मेयर संगीता सुवेदीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिन् ।

कोहलपुर नगरपालिका र वरपरका नागरिकका लागि कम खर्चिलोमा विद्युतीय शवदाह किरियाक्रम गर्न वडा–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगम स्थलमा विद्युतीय शवदाह गृह निर्माण सुरु भइरहेको नगरपालिकाले जनाएको छ ।

शवदाह गृह निर्माणमा गरिएको सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजना छनोट गरी काम गर्दै आएको छ ।

सम्बन्धित समाचार