ईसेवा मनी ट्रान्सफर योजनामा अन्जुला घिमिरेले जितिन् काठमाडौंमा घर

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् ।

कम्पनीको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहारस्वरुप घर जित्न सफल भाग्यशाली विजेता घोषणा गरिएको हो ।

डिजिटल गोलाप्रथाबाट अन्जुला घिमिरेले ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तले घर जित्न सफल भएकी हुन् । विजेता घिमिरेले रोमानियाबाट ईसेवा मनी ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाएकी थिइन् ।

कम्पनीले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । २०८० असोज १ देखि २०८१ कात्तिक ३० गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले अभियानमार्फत इसेवाबाट रेमिट्यान्स सेवा सहज, छिटो र विश्वसनीय बनाउँदै विदेशमा रहेका नेपालीको मिहिनेतको कमाइलाई उनीहरूका प्रियजनसम्म सुरक्षित रूपमा पुर्‍याउने प्रयास पनि गिरएको बताए ।

सम्बन्धित समाचार