रामेछाप दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु

रामेछापमा भएको गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको फोर्स गाडी शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडाको भिरमा दुर्घटना भएको हो ।

बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले बताए ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाइते भएका छन् । उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको समेत बताए ।

रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन गम्भिर घाइते

सम्बन्धित समाचार