स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा धिरेन्द्रकुमार शाह निर्वाचित भए। उनले ६ सय ५२ मत ल्याए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी भुलियादेवी थरूनीले ५ सय ८७ मत ल्याइन्। तेस्रो स्थानमा रहेका नेकप (एमाले) का उम्मेदवार भगबानी शाहले २ सय ५६ मत ल्याए।
डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाका देवेन्द्रप्रसाद यादव निर्वाचित भए। उनले ३७२ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जोगिन्द्रराय अमातले २ सय ७७ मत ल्याए। तेस्रो भएका जनमत पार्टीका उदयनारायण पण्डितले २ सय ३१ र एमालेका सञ्जयकुमार यादवले ६८ मत प्राप्त गरे।
गत स्थानीय तह निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस निर्वाचित भएको थियो।