माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपप्रमुख

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की देवका लामिछाने विजयी भएकी छन् । उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन् ।

नेकपा (एमाले) का उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन् । रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन् ।

नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १७ मत पाएकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा नलगाडको उपप्रुमखमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् । अहिले कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकै भाईबुहारी हुन् ।

गत निर्वाचनमा कांग्रेसका सरिताले ५ हजार ४०६ मत ल्याएर जित्दा एमालेबाट उम्मेदवार बनेकी सुनिता बोहराले ३ हजार ३९३ मत ल्याएकी थिइन् ।

२०७९ मा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो । त्यसबेला नलगाडको मेयरमा माओवादीका डम्बरबहादुर रावत निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार