एमालेको सिट खोस्दै डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादी विजयी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् ।

उनले १६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन् ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि पद रिक्त थियो ।

त्यतिबेला नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पराजित गरेका थिए ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले एमालेसँग बदला लिएको छ ।

सम्बन्धित समाचार