नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेटको रूपमा शिखर धवनलाई गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको कर्णालीलेले पाँचौँ ओभरको दोस्रो बलमा ओपनर शिखरलाई गुमाएको हो । हर्ष थोकरको बलमा बोल्ड हुनुअघि शिखरले टिमको खातामा १४ रन बनाए ।
त्यसअघि कर्णालीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई गुमाएको थियो । जनकपुरका ललितनारायण राजवंशीबाट बोल्ड हुनुअघि देवले टिमको खातामा एक रन थपे ।
आजको खेलमा कर्णालीबाट सोमपाल कामी र जनकपुरबाट अनिल शाहको कप्तानमा मैदान उत्रिएको छ ।