एनपीएल: जनकपुरलाई कर्णालीले दियो १४२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो । यसअघि पहिलो खेलमा विराटनगरविरुद्ध जनकपुरले १ सय २८ रनको लक्ष्य पूरा गर्दै पहिलो जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो ।

सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ४३ रनको साझेदारी गरेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।

नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एनपीएलले खेल्न आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।

सम्बन्धित समाचार