दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत पाएकी छन् ।
तेस्रो स्थानमा नेपाली काँग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । तामाङले २४० मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा श्रेष्ठले १८ मत पाएकी छन् । अब सात वडाको मतगणना गर्न बाँकी छ । यसअघि काँग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेका थिए ।