लगातार २ दिनको गिरावटपछि नेप्सेमा १९ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेको छ । लगातार २ दिनको गिरावटपछि नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८ विन्दु कायम भएको छ ।

कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो ।

शुरूमा आक्रामक ढंगले बढेको बजार १२ बजेपछि केही सुस्ताएको थियो । २ बजेपछि बिक्री चाप देखिँदा वृद्धि १९ अंकमा सीमित भएको हो । सोमबार तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावरको मूल्यमा १० प्रतिशत वृद्धि भएको छ ।

नेपाल फाइनान्समा सर्वाधिक ८.७२ अंकको गिरावट देखिएको छ । सोमबार कारोबार रकम पनि १० अर्ब नाघेको छ । २ करोड ३० लाख कित्ताभन्दा बढी शेयर किनबेच हुँदा १० अर्ब ५४ करोडको कारोबार भएको छ ।

सम्बन्धित समाचार