आसिफ र अनिलले बनाए एनपीएलमा कीर्तिमानी साझेदारी 

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनरद्वय आसिफ सेख र अनिल साहले कीर्तिमानी साझेदारी गरेका छन् ।

जनकपुरको यो ओपनिङ जोडीले एनपीएलमा पहिलो विकेटका निम्ति अहिलेसम्मकै ठूलो साझेदारी गरेका हुन् । यी दुईले सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध ८४ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका हुन् । 

यसअघि पहिलो विकेटका निम्ति चितवन राइनोजका ओपनरद्वय दीपक बोहरा र हसन आइसाखिलले १८ रनको साझेदारी नै अहिलेसम्मको ठूलो थियो । 

एनपीएलमा अहिलेसम्मकै ठूलो साझेदारी भने जनकपुरकै लहिरु मिलान्था र हर्ष थाकेरको नाममा छ । यो जोडीले प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध ११६ रनको अविजित साझेदारी गरेका थिए ।

सम्बन्धित समाचार