काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ। कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै छ। डंगोलले ५ हजार ६९ मत पाएका छन्। तर दोस्रोका लागि तीव्र प्रतिस्पर्धामा रहेका एमाले र माओवादीबीच उछिनपाछिन चलिरहेको छ।
वडा नं १० को मतगणना भइरहँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ११९ मत पाएर एमालेलाई उछिनेका छन्। एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरको मत ३ हजार ९९७ मत छ।
माओवादीले पाएको यो मत अघिल्लो चुनावको भन्दा बढी हो। २०७९ को चुनावमा कीर्तिपुरको प्रमुखमा जम्मा ४ हजार ९५ मत मात्र पाएको थियो।
अब १ हजार ३ सय हाराहारी मत गन्न बाँकी छ।