अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी मंसिर २३ देखि २५ गते (डिसेम्बर ८-१०) सम्म काठमाडौंमा आउने भएका हुन् ।
उनी दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका हुन् । उनी नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्नेछन् भने केही नेतासँग पनि भेटवार्ता गर्ने छन् ।