एनपीलमा ‘बेटिङ’, त्रिवि मैदानबाट चार जना समातिए

 नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चार जनालाई कीर्तिपुरस्थित त्रिवि खेलमैदानबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।

उनीहरूविरुद्ध आज मुद्दा चलाउने तयारी गरिएको उनले बताए । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।
 

सम्बन्धित समाचार