विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप चार दिनको म्याद पाएको छ । साइबर अपराधको कसुरमा पक्राउ प्रसाईंलाई अदालतले म्याद थप दिएसँगै उनी थप चार दिन हिरासतमा रहने भएका छन् ।
उनीमाथि मंगलबार थप चार दिनको म्याद थप लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख, डीआईजी नवीन्द्र अर्यालले जानकारी दिए । उनी मंसिर ५ गते भक्तपुरबाट पक्राउ परेका थिए ।
प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका उनीमाथि विद्युतीय अपराध सजाय ऐन (साइबर अपराध)अन्तर्गत अनुसन्धान भइरहेको छ । प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको बताएका थिए ।