रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडियाका संञ्चालक रवि लामिछानेलाई म्याद थपका सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराएको छ ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की हिरासतमा रहेका लामिछानेलाई यसअघि दिएको ४ दिनको म्याद हिजो सकिएपछि प्रहरीले फेरी म्याद माग्दै अदालतमा उपस्थित गराएको हो ।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई पनि आज अदालतमा उपस्थित गराएको छ । पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिवी राईका साझेदार रामबहादुर खनाल र जिवीसँग जोडिएकी लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराइएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिएको छ । प्रहरीले आज अदालत खुल्नासाथ सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार