दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको डिन्डिगुलस्थित एक अस्पतालमा राति १० बजेतिर भएको आगलागीमा एक बालिकासहित कम्तीमा ६ जनाको ज्यान गएको हो । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, सर्ट सर्किट भएको आशंका गरिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए । आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भएको र द्रुत गतिमा अन्य तलाहरूमा फैलिएको थियो ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य जस्तै भएको छ ।