एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो: प्रधानमन्त्री ओली

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सकारात्मक परिवर्तन ल्याउन एमाले पार्टी बनेको बताएका हुन् ।

‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्भिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्‍याउन यो पार्टी बनेको हो,’ उनले भने ।

उनले नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको पनि बताए। कार्यकर्ताहरूलाई पनि परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने उनले बताए ।

‘जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान–लाउन पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि,’ ओलीले भने, ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’

विज्ञापन
विज्ञापन