अफगानिस्तानका रक्षामन्त्रीको निवासमा आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानमा विद्रोही समूह तालिबानले रक्षामन्त्रीको निवासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । उनीहरुले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल भएका छन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।

बिस्फोटबाट दर्जनौं सवारी साधन ध्वस्त भएका छन् । सोही समय भएको गोली हानाहानमा चार आक्रमणकारी पनि मारिएका छन् । घटनामा ११ जना घाइते भएका छन् ।

अफगानिस्तानका अलग(अलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अफगानिस्तानमा जारी हिंसा तत्काल अन्त्य गर्न आव्हान गरेको छ ।

अफगानिस्तानमा जारी संघर्षकाबीच चेपुवामा परेका जनता राजधानी काबुल र लश्करगाह शहरका सडक र घरका छानामा बसेर देशमा जारी हिंसा अन्त्य गर्न भवगानलाई पुकार्न थालेका छन् ।

उनीहरुले एकसाथ आफना घर घरका छानामा बसी भगवानको नाम लिन थालेका छन् ।

सम्बन्धित समाचार