धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २.९५ अंकले बढेको छ । नेप्से ०.११ अंकले बढेर २ हजार ६३३.८७ को विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ ।
आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये आठ वटाको समूहगत परिसूचक बढेको छ । पाँच वटाको घटेको छ ।
सबैभन्दा धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखरी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।