यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्र (पूर्ण पाठसहित)

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका छन् । सदनमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सरकारले थप राहत तथा पुनरूत्थानको कार्यक्रम ल्याउने आश्वस्त पारे ।

उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन् ।

कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए । साथै उनले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार