काठमाडौंको क्षेत्रपाटीमा लक्ष्मी बैंकको शाखा

लक्ष्मी बैंकले लिमिटेडले शाखा सञ्जाल विस्तारका क्रममा काठमाडौं महानगरपालिका, क्षेत्रपाटीमा १३३ औं शाखा सञ्चालनमा ल्याएको छ ।

यो शाखा मार्फत ग्राहकले सम्पूर्ण रिटेल बैंकिङ सेवा पाउन सक्नेछन् । साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाईल फोन मार्फत बैंकिङ सेवा दिने र ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार