पूर्व क्रिकेटर क्रिस कैन्सको अवस्था गम्भिर

न्युजिल्याण्डका पूर्व क्रिकेटर एवम् अलराउन्डर क्रिस कैन्सको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । मुटुमा समस्या आएपछि अष्ट्रेलियाको क्यानबेरामा उनको शल्यक्रिया गरिएको थियो । तर स्वास्थ्य स्थिति बिग्रेपछि उनलाई सिड्नीको एक अस्पतालमा भर्ना गरिएको छ । उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालका प्रवक्ताले कैन्सलाई मङ्गलबार अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य स्थिति गम्भिर रहेको बताएका छन् । बुधबार कैन्सकी श्रीमति मेलानीले एक वक्तव्य जारी गरी थप शल्यक्रिया आवश्यक रहेको उल्लेख गरेकी छन् ।

न्युजिल्याण्डका सञ्चारमाध्यमले मङ्गलबार ५१ वर्षीय कैन्सको मुख्य आर्टरीमा समस्या आएको उल्लेख गरेको छ । आफ्नो समयका सबैभन्दा चर्चित अलराउन्डर कैन्सले न्युजिल्याण्डका लागि ६२ टेष्ट, २१५ अन्तर्राष्ट्रिय एकदिवसिय र दुई टी ट्वान्टी म्याच खेलेका छन् । उनले सन् १९८९ देखि २००६ सम्म न्युजिल्याण्ड क्रिकेट टोलीमा रहेर खेलेका थिए ।

सन् २०१० मा विवाहपछि क्रिस कैन्स छोराछोरीसँगै अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार